शनिबार थपिए १२०४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ४ सय नाघ्याे

काठमाडौं । शनिबार देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
बितेको २४ घण्टामा देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् ।
यस्तै आज १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए ।
यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए ।
२०७७ असोज ३ गते शनिवार १७:२७ बजे प्रकाशित