"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

खाद्यान्नको भाउ किलोमै ३७ रुपैयाँसम्म बढ्यो, सबैभन्दा बढी दाल, गेडागुडी र खानेतेलको मूल्य वृद्धि (हेर्नुहोस् विवरण)

काठमाडौं । सर्वसाधारणले दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुको मूल्य एक वर्षमा किलोमै ३७ रुपैयाँसम्म बढेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ४२ खुद्रा पसलको निरीक्षणपछि तयार पारेको मूल्य विश्लेषण विवरणले यस्तो देखाएको हो ।

मूल्य विश्लेषण गर्दा सबैभन्दा बढी दाल, गेडागुडी र खानेतेलको भाउ बढेको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए ।

‘एक वर्षको खाद्यान्नको मूल्य विश्लेषण गर्दा सबैभन्दा बढी मासको दालको मूल्य बढेको छ । दालमा विभिन्न प्रकृति देखियो,’ आचार्यले भने, ‘खुद्राले होलसेल र आयातकर्ताले मूल्य बढाएको बताएका छन् ।

‘लकडाउनको सुरुसुरुमा माग अत्यधिक थियो । बिक्री पनि उस्तै थियो । तर अहिले छैन । प्रायः ग्राहकले सञ्चय गरेको खाद्यान्न अहिले उपभोग गरेको अनुमान छ,’ खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘बिक्री घटेपछि मूल्य पनि घटेको छ ।’ बजेटमार्फत चामल, दालको भन्सार बढेकाले मूल्यमा त्यसमा सामान्य असर परेको उनले बताए ।

खुद्रा व्यापारीले होलसेल र आयातकर्ताबाटै मूल्य बढेको स्पष्टीकरण दिएको विभागले बताएको छ । होलसेल र खुद्राले बिल पनि दिएका छैनन् । उनीहरूले खुद्रालाई इस्टिमेट बिल मात्रै दिने गरेको प्रवक्ता आचार्यले जानकारी दिए । ‘इस्टिमेट बिल हेर्दा खुद्रामा बढी लिएको देखिँदैन । होलसेल र आयातकर्ताबाटै बढेर आएको देखिन्छ,’ उनले भने, ‘तर, खुद्रा व्यापारीले सामान दिँदैनन् भनेर नाम भन्न अप्ठ्यारो मानेका छन् । आयातकर्ता र होलसेलमा अनुगमन नगरी खुद्रालाई कारबाही गर्न सकिएन ।’

वाणिज्य विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल विभाग, पशु सेवा विभागसहितको सहकार्यमा चाडपर्व लक्षित विशेष अपरेसन ९अनुगमन० गर्ने भएको छ । यसमा खाद्य, फलफूल, तरकारी, माछमासु, औषधिसहित कपडामा पनि अनुगमन गरिने प्रवक्ता आचार्यले जानकारी दिए ।

२०७७ भदौ २९ गते सोमवार ०८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु