"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ह्वात्तै घट्यो पीसीआर शुल्क, अब २ हजार भन्दा बढी लिन नपाइने

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क ह्वात्तै घटाएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएको पीसीआरको मुल्य अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् ।

२०७७ भदौ २८ गते आइतवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु