बुधबार १०८१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ३ सय १२ पुग्यो
काठमाडौं । बुधबार देशभर एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११ हजार १ सय ६७ जनामा पिसिआर परिक्षण गरिएको थियो । बुधबार ९ सय १८ जना सक्रमित निको हुँदा जम्मा निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।
नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । जसमध्य होम आइसोलेसनमा ७ हजार ३७ जना छन् भने विभिन्न अस्पतालहरुमा ७ हजार ९ सय ८८ जना रहेका छन् ।
यसैगरी आइसियुमा १ सय ६२ जना उपचार गराईरहेका छन् भने २२ जना भ्याण्टीलेटरमा उपचार गराईरहेका छन् ।
यसैगरी बुधबार ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
२०७७ भदौ २४ गते बुधवार १७:५२ बजे प्रकाशित