"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।

त्यस्तै सोमबार थप ११ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।

विगत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

२०७७ भदौ २२ गते सोमवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु