"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोनाबाट थप ९ जना को मृत्यु, नेपालमा मृतकको संख्या २८० पुग्यो

काठमाडौं । कोरोनाभाइरसबाट शनिबार थप ९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २८० पुगेको छ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए ।

यस्तै देशभर शनिबार १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

२०७७ भदौ २० गते शनिवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु