नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो
काठमाडौं । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए अनुसार मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् ।
यस्तै बितेको २४ घण्छामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।
२०७७ भदौ १८ गते बिहीवार १७:०४ बजे प्रकाशित