"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

२४ घन्टामा थप ११२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ हजार ६४९

काठमाडौँ । मुलुकभर २४ घन्टामा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ सय २० महिला र ८ सय पुरुष संक्रमित भएको जनाएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

२४ घन्टाको अवधिमा १ हजार १ सय १२ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।

मुलुकभर १८ हजार १ सय ८ जना आइसोलेसनमा र ६ हजार ७ सय ६६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

२४ घन्टाको अवधिमा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा १२ हजार ८७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए । बुधबारसम्म ७ लाख १८ हजार ४ सय ३९ पीसीआर परीक्षण गरिएको छ ।

नयाँ संक्रमितको जिल्लागत विवरण

२०७७ भदौ १७ गते बुधवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु