"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको कुल संख्या २२८ पुगेको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए । मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए ।

आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

२०७७ भदौ १५ गते सोमवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु