कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ । शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् ।
मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जनाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६२६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय १६ पीसीआर परीक्षण भएका छन् ।
क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ जना रहेका छन् भने सकृय संक्रमितको संख्या १६ हजार ५ सय ७८ जना रहेको छ ।
२०७७ भदौ १३ गते शनिवार १७:२८ बजे प्रकाशित