"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो, आजमात्रै १२ को मृत्यु

काठमाडौं ।शनिबार कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज मृत्यु हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए ।

यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।

हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् ।

२०७७ भदौ १३ गते शनिवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु