"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपत्यकामा ४१५ जनासहित थप ९२७ जनामा कोरोना सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार चार सय ५६ पुगेको छ । गएको २४ घण्टामा नौ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१० हजार दुई सय २९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा नौ सय २७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै थप एक सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार दुई सय ४५ पुगेको छ ।

अब नेपालमा १६ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै आठ हजार नौ सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय ९५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै चार सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२०७७ भदौ १२ गते शुक्रवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु