"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना सङ्क्रमण, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको ३४ हजार चार सय १८ सङ्ख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको सङ्क्रमणको कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२०७७ भदौ १० गते बुधवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु