काठमाडौं उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा थपियो
काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएकाे छ ।
भदौ ३ गते मध्य रातिबाट जारी काठमाडौं, ललितपुर र भक्तपुरको निषेधाज्ञा आज मध्यरातिबाट सकिदै थियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।
२०७७ भदौ १० गते बुधवार १२:४८ बजे प्रकाशित