"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो, सात जनाको मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर ८ सय ५५ जना कोरोना संमित थपिएका छन् ।

यो संख्या मध्य काठमाडौं उपत्यकाका २ सय ३२ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ पिसिआर परिक्षण गरिएको हो । नेपालमा यो सँगै संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ ।

उपत्यकामा काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ रहेका छन् ।

मंगलबार निको भएर घर फर्किनेको संख्या ३ सय १३ पुगेको छ । मंगलबारसम्म होमआइसोलेसनमा ५ हजार ६ सय उनान्नसत्तरी हेका छन् भने उपचाररत १४ हजार २ सय ५० मध्य बाँकी विरामिहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।

मंगलबार सम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ  ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

 

२०७७ भदौ ९ गते मंगलवार १६:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु