कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघ्यो, आज ८३८ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार दुई सय १४ पुगेको छ ।
अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७७ भदौ ५ गते शुक्रवार १६:३७ बजे प्रकाशित