बुधबार ६८१ जनामा कोरोना संक्रमण, उपत्यकामा १५९ जना थपिए
काठमाडौं । बुधबार ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको पिसिआर परिक्षण गरिएको हो ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।
२०७७ भदौ ३ गते बुधवार १८:५० बजे प्रकाशित