कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

काठमाडौँ । देशभर कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।
मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।
२०७७ भदौ ३ गते बुधवार १८:४२ बजे प्रकाशित