"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, मंगलबार १०१६ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म सबभन्दा बढी आज फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एकै दिन सबभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाको गरिएको पिसीआर परीक्षणमा एक हजार १६ जनामा सङ्क्रमण भएको पाइएको हो ।

यसअघि एकै दिन ७४१ जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल २८ हजार २५७ जनामा सङ्क्रमित रहेका छन् । नेपालमा पहिलो पटक गत माघ ९ गते चीनको वुहान शहरबाट आएका विद्यार्थीमा सङ«क्रमण देखिएको थियो । उहाँका अनुसार सक्रिय सङ्क्रमित १० हजार ५६३ जना रहेका छन् । यसैगरी आज ८५ जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भई घर फर्किसकेको उहाँले बताए ।

अहिलेसम्म ६२।२ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४२ हजार ८६६ जनाको पिसीआर परीक्षण गरिएको छ । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ९३६ जना रहेका छन् ।

२०७७ भदौ २ गते मंगलवार १९:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु