नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको बताए ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।
२०७७ साउन ३० गते शुक्रवार १९:२५ बजे प्रकाशित