"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं उपत्यकामा १३९ सहित थप ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना, ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

२०७७ साउन २८ गते बुधवार १७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु