"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपत्यकामा १३४ जनासहित थप ६३८ जनामा कामेरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ हजार ९ सय ४८

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप काठमाडौं उपत्यकामा थप १३४ कोरोना संक्रमित थपिएका छन् ।मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए ।

संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् ।
यो सहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

त्यस्तै हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा १० हजार ४ सय ६२ को पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार आज कोरोनाका संक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ छन्।

२०७७ साउन २७ गते मंगलवार १६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु