"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे २२ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणकामा थप ३७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ।
त्यस्तै क्वारेन्टिनमा दश हजार सात सय ९२ जना छन् ।

विगत २४ घण्टामा चार सय ९९ जना कोरोना निको भएर घर फर्किएको डाक्टर गौतमले जानकारी दिए।

अहिलेसम्म कोरोना निको भएर १६ हजार तीन सय १३ जना घर फर्किसकेका छन्।

कोरोनाबाट नेपालमा अहिलेसम्म ७० जनाको मृत्यु भइसकेको छ।

२०७७ साउन २४ गते शनिवार १६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु