"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि, ४२५ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

यसैगरी पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् । हालसम्म १५ हजार ८१४ निको भएर घर फर्किएका छन् ।

प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् ।२४ घन्टामा ७ हजार ९२६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

२०७७ साउन २३ गते शुक्रवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु