"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

काठमाडौं उपत्यकामा ६२ जना सहित २५९ मा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।

हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

२०७७ साउन २० गते मंगलवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु