काठमाडौं उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ।
२०७७ साउन १९ गते सोमवार १६:५४ बजे प्रकाशित