थप २४६ जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।
आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।
२०७७ साउन १८ गते आइतवार १६:३९ बजे प्रकाशित