"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

२४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण, उपत्यकाका ३८ जना संक्रमित

काठमाडौँ — मुलुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

त्यस्तै काठमाडौं यपत्यकामा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.८ प्रतिशत संक्रमित निको भएको छ ।

१० हजार ७६८ र हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएका छन् ।

२०७७ साउन १६ गते शुक्रवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु