"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

इन्टरनेट गुणस्तरहीन भएपछि दूरसञ्चार प्राधिकरणमा उजुरीको चाङ, अनुगमन भने शुन्य

काठमाडौं । बन्दाबन्दीपछि शर्त बमोजिम सेवा उपलब्ध नगराएको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणमा उजुरीका चाङ लाग्न थालेका छन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनीले उचित सेवा उपलब्ध नगराएको भन्दै प्राधिकरणमा उपभोत्ताका दिनहूँ आधा दर्जन भन्दा बढी सेवाप्रदायक विरुद्ध उजुरी पर्ने गरेका छन् । उपभोक्ताका दैनिक उजुरी पर्दा पनि नियामकको अनुगमन भने शुन्य छ ।

बिशेषगरी उपभोक्ताले नेपालमा पछिल्लो समय एकाधिकार जमाएका वल्र्डलिंङ्क कम्युनिकेसन, भायनेट, क्लासिकटेक र सुविसुले गुणस्तरहीन इन्टरनेट सेवा दिएको बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले सबैभन्दा बढी भयानेट र वल्र्डलिंङ्क विरुद्ध उजुरी परेको बताए ।

इन्टरनेट सेवाप्रदायकले लकडाउनमा बढी इन्टरनेट खपत भएको भन्दै मागलाई धान्न नसक्ने बताउँदै आएका थिए । लकडाउनदेखि नै इन्टरनेट सेवाप्रदायक कम्पनीले गुणस्तर सुधार्न सकेका छैनन् ।

४ महिनादेखि इन्टरनेट सेवा सञ्चालनका लागी आवश्यक प्राविधिकहरु काठमाडौं बाहिर रहेको कारण पनि सेवा गुणस्तरीय हुन नसकेको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

ठूला एकाधिकार जमाएका सेवाप्रदायकले पनि माग अनुसारको व्यान्वीथ थप गर्न सकेका छैनन् । जसको कारण उपभोक्ता इन्टरनेट सेवाबाट हैरान भएका छन् ।

२०७७ साउन १३ गते मंगलवार १९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु