थप १ सय ३३ जनामा कोरोना पुष्टि, १०७ जना डिस्चार्ज

काठमाडौं । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी अनुसार ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
२०७७ साउन ९ गते शुक्रवार १६:४७ बजे प्रकाशित