उपत्यकामा ९ जनासहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १८ हजार २४१
काठमाडौं । उपत्यकामा बितेको २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यो सँगै विहिबार १४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । संक्रमितमा भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ रहेका छन् ।योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विहिबार १ सय ५६ जना निको भएर घर फर्किएका छन् ।
सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ भने बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
२०७७ साउन ८ गते बिहीवार १६:४६ बजे प्रकाशित























