"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सोमबार नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना भएर मंगलबार मृत्यु भएका वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय वृद्धको बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्युपछि स्वाबको पीसीआर जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको र उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । नेपालमा बुधबार मात्रै कोरोनाका कारण २ जनाको मृत्यु भएको थियो ।

२०७७ साउन ८ गते बिहीवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु