"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ४४५

काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित १०१ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएका चार हजार ६८८ नमूना परीक्षणमा १०१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।

प्रदेशगतरुपमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ८१५, प्रदेश नं २ मा चार हजार ४८०, बागमती प्रदेशमा ८५१, गण्डकी प्रदेशमा एक हजार ३५७, प्रदेश नं ५ मा चार हजार १३५, कर्णाली प्रदेशमा एक हजार ८०४ र सुदूरपश्चिम प्रदेशमा चार हजार तीन जना रहेका छन् ।

त्यस्तै, हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएकामध्ये प्रदेश नं १ मा ७४४, प्रदेश नं २ मा दुई हजार ५८८, बागमती प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ९४६, प्रदेश नं ५ मा तीन हजार ४९२, कर्णाली प्रदेशमा एक हजार ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६५९ रहेका छन् ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल १२ हजार ७५६ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या २८५ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ रहेको छ । कूल कोरोना सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३९ लाख ६४ हजार ७९९ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ९३ हजार ४९ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये पुरुष र महिलाको अनुपात क्रमशः ८७ र १३ प्रतिशत रहेको छ । हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । सक्रिय एउटा पनि केस नभएका जिल्लामा मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उहाँले जानकारी दिए ।

२०७७ साउन २ गते शुक्रवार १९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु