"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दुग्ध विकास संस्थानको सात दिनका लागि उपभोक्ता उपहार योजना

काठमाडौं । दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताए।

याकको चीज ५०० ग्राम खरीद गरेमा ५ मिलिलिटर दही, २०० ग्राम खरीद गरेमा १०० मिलिलिटर आइसक्रिम, एक लिटर घिउ खरीदमा ५०० मिलिलिटर पोली दही, ५०० मिलिलिटर घिउ खरीदमा १०० मिलिलिटर दही, एक केजी नौनी खरीदमा ५०० मिलिलिटर दही र ५०० मिलिलिटर कञ्चन चिज खरीदमा १०० मिलिलिटर आइसक्रिम उपहार दिने भएको छ ।

संस्थानले ४४ जिल्लामा एक हजार दुई २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत करीब दुई लाख किसानको संलग्नतामा दूध सङ्कलन गर्दै आएको छ ।

२०७७ साउन २ गते शुक्रवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु