"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप ११६ मा कोरोना सङ्क्रमण पुष्टि, ६९७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । तीमध्ये छ हजार ११४ जना सक्रिय सङ्क्रमित छन् ।

प्रवक्ता डा गौतमका अनुसार आज देखिएका सङ्क्रमितमध्ये सुर्खेतमा २८, सप्तरीमा १३, नवलपरासी ९पूर्व०मा ११, म्याग्दीमा नौ, चितवनमा आठ, काठमाडौँमा सात, धनुषामा छ, रौतहटमा पाँच तथा कास्की, तनँहु, सल्यान र दैलेखमा तीन÷तीन जना रहेका छन् । यस्तै डडेल्धुरा, जुम्ला र सल्यानमा दुई÷दुई जना तथा धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाञ्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एक÷एक जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी आजै देखिएका सङ्क्रमितध्ये प्रदेश तहमा प्रदेश नं।१ मा तीन, प्रदेश नंं २ मा २४, वाग्मतीमा १८, गण्डकीमा २७, प्रदेश नंं ५ मा एक, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा तीन छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६९७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ रहेको उहाँले बताउनुभयो । डिस्चार्ज हुनेको सङ्ख्या कूल सङ्क्रमितको ६४।२ प्रतिशत हो ।आज मात्र भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला सङ्क्रमित मुक्त जिल्ला भएका हुन् । अहिले २४ हजार ५२७ जना क्वारेन्टिनमा र ६ हजार ११३ जना आइसोलेशनमा रहेका छन् ।

२०७७ असार ३१ गते बुधवार १९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु