थप १४४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १० हजार २९४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संकमितको संख्या १६ हजार ९४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।
२०७७ असार २९ गते सोमवार १६:४२ बजे प्रकाशित