शुक्रबार काठमाडौं उपत्यकामा ४२ जना सहित ११८ जनामा कोरोना पुष्टि
काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यी मध्य ४२ जना काठमाडौं उपत्यकाका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८०६ जनाको परिक्षण भएको छ ।
बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो।
२४ घण्टामा १ सय २० जना निको भई घर फर्किएका छन् भने अहिलेसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन् ।
आजसम्म नेपालमा २ लाख ७५ हजार ९५१ परिक्षण भएको छ । यो पिसिआर परिक्षण समेत गरेर हो ।
२०७७ असार २६ गते शुक्रवार १७:०५ बजे प्रकाशित