"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप ७४० मा कोरोना सङ्क्रमण पुष्टिः सङ्क्रमितको सङ्ख्या १५ हजार, एकको मृत्यु

काठमाडौं । देशभर गत २४ घण्टामा थप ७४० जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा सङ्क्रमण भएको जानकारी दिए।

योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म छ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना उपचारपछि घर फर्किएका छन् ।

थप एक जनाको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । बानेश्वर बस्ने ८० वर्षका एक जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिनएको छ । मुटुको समस्या भएको उहाँको काठमाडौँको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी कोभिड–१९ बाट ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लाहरुमा पाल्पा, सर्लाइ, रौतहट, दाङ, दैलेख, कैलाली, कपिलवस्तु महोत्तरी रहेका छन् ।

२०७७ असार १९ गते शुक्रवार १९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु