कोरोना संक्रमणबाट थप एकको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
मृत्यु हुनेमा अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुष रहेका छन् । बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका उनको कोरोना रिपोर्ट आज पोजेटिभ आएको हो ।
मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
२०७७ असार १७ गते बुधवार १७:१४ बजे प्रकाशित