"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुग्यो, मृतकको संख्या २९ पुग्यो

काठमाडौं । गत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित १२१ जना आज निको भई ‘डिस्चार्ज’ भएका छन् । हालसम्म २६६ महिला र दुई हजार ८६६ पुरुष गरी जम्मा तीन हजार १६४ जना डिस्चार्ज हुनुभएको छ । हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ८३४ जना पुगेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा २२ वटा प्रयोशालामा सात हजार ७९१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए। एक हजार ८२२ जनाको आरडिटी परीक्षण गरिएको छ । तीन हजार ६८५ जनाको आरडिटी परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या ५७ हजार ३६८ पुगेको छ । आइसोलेशनमा रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या १० हजार ८५ रहेको छ ।

त्यसैगरी २४ घण्टामा देशैभरि ११२ जना महिला र ३६४ पुरुष गरी कूल ४७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म एक हजार ५८६ महिला र ११ हजार ६६२ गरी जम्मा १३ हजार २४८ जना सङ्क्रमित भएका छन् । नेपालका ७७ वटै जिल्लामा फैलिएको कोभिड–१९ बाट हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

प्रवक्ता गौतमले भने, “हाल काठमाडौँ उपत्यकालगायत घनाबस्ती भएका शहरमा कोभिड–१९ को सङ्क्रमण वृद्धि भएकाले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले मिचीमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय अपिल गर्दछ ।” पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले कोरोना लागेको छ कि भन्ने डरले घरमै बस्नुभन्दा पनि समयमै परीक्षण गर्न आग्रह गरे ।

२०७७ असार १५ गते सोमवार १९:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु