"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

२४ घन्टामा पीसीआर विधिबाट चार हजार ६०६ को परीक्षण, निकाे हुनेकाे सङ्ख्या दुई हजार ८३४,

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १८ महिला र ११८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ८३४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा मुलुकको २२ वटा प्रयोगशालामा पीसीआर विधिबाट चार हजार ६०६ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा तीन हजार ६८५ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार ६५ हजार ७१२ जना क्वारेन्टिनमा र नौ हजार ४४७ जना आइसोलेशनमा रहेका छन् ।

२०७७ असार १३ गते शनिवार २०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु