बजारमा अण्डाको मूल्य बढ्यो, उपभोक्ता मारमा
काठमाडौं । बजारमा अण्डाको माग बढेसगै अण्डा उत्पादक संघले फेरीअण्डाको मूल्यवृद्धि गरेको छ ।
संघका अनुसार लकडाउन खुकुलो भएसँगै अण्डाको माग बढेको तर उत्पादन कम भएकोले मूल्यमा वृद्धि गरिएको हो ।
बैशाखदेखि हालसम्म ३ पटक अण्डाको मूल्यवृद्धि भैसकेको छ । २ सय ८५ रुपैयाँ पर्ने क्यारेटको मूल्यमा २० रुपैयाँ वृद्धि गरी ३ सय ५ रुपैयाँ पुर्याएको छ । लकडाउनको शुरुवातमा प्रति क्यारेट २ सय ४० रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २ सय ६० रुपैयाँ प्रति क्यारेट मूल्य कायम भएको थियो ।
लकडाउन खुकुलो हुने हल्ला भएपछि एकैचोटी २५ रुपैयाँ वृद्धि गरेकोमा हिजो मात्र पुनः २० रुपैयाँ वृद्धि गरेको छ । किसानको फर्ममा ३०३ रुपैयाँ पर्ने अण्डाको क्यारेट उपभोक्ताको भन्सासम्म पुग्दा ३५० देखि ३६० सम्म पर्ने भएको छ ।
संघका महासचिव प्रविण केसीले कुखुरा उत्पादन कम भएको कारण अण्डा उत्पादनमा पनि कमी आएको छ तर लकडाउन खुकुलो भएसँगै दिनदिनै अण्डाको माग बढी रहेको बताए । माग भए अनुपातमा अहिले अण्डाको उत्पादन छैन । नेपाल अण्डामा आत्मनिर्भर रहेको घोषणा गरेको छ । तर, यस्तै अवस्था रह्यो भने परनिर्भर रहने सम्भावना पनि बढ्दै गइरहेको व्यपारीहरु बताउँछन् ।
लकडाउनको अवस्थामा अण्डाको मुल्यबृद्दि भए पछि उपभोक्ता भने मारमा परेका छन् ।
२०७७ असार ९ गते मंगलवार १९:५३ बजे प्रकाशित