आज एकैदिन थपिए २१३ संक्रमित, ३४४८ पुग्यो संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय १३ कोरोना संक्रमितको संख्या थपिएको छ । यो सँगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङ अन्तर्गत अनुसार ७ वटै प्रदेश पुष्टी गरेका हुन् ।
यसैगरी निको भएर घर फर्किनेको संख्या ४ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका हुन् । यसैगरी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
२०७७ जेठ २५ गते आइतवार २०:२२ बजे प्रकाशित