आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो
काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ ।
यस्तै हालसम्म ९ जना संक्रमितको मृत्यु भएको छ ।
२०७७ जेठ २२ गते बिहीवार १६:४४ बजे प्रकाशित