कोरोनाका कारण बाजुरामा एक बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण बाजुरामा दुई वर्षिय बालिकाको मृत्यु भएको छ ।
८ दिनअघि भारतबाट नेपाल आएका उनका परिवार नै क्वारेन्टाइनमा बस्दै आएको थियो । क्वारेन्टिनमा रहेकै बेलामा बालिकालाई ज्वरो आउने, वमिट हुनेजस्ता समस्या देखिएपछि बाजुरास्थित जिल्ला अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याउँदासम्म उनलाई कडा निमोनियो भईसकेको अस्पतालले बताएको छ । बालिका र उनकी आमाको स्वाब परिक्षणका लागी धजगढी पठाइएको र दुबैको रिपोर्ट कोरोना पाजेटिभ आएको छ ।
यसअघि दैलेखका एक युवकको आजै मृत्यु भएको थियो । यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
२०७७ जेठ १८ गते आइतवार १६:०२ बजे प्रकाशित