रौतहटमा थप ५६ जनामा कोरोना पुष्टि
काठमाडौं । रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जना रहेका छन् ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण फेला परेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शुक्रबार संक्रमण देखिएका सबै हालै भारतबाट फर्किएका व्यक्ति भएको र उनीहरु क्वारेन्टाइनमा बसिरहेको बताए । उनले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आफूले पाएको पनि बताए ।
५६ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ । तीनजना निको भएर घर फर्किएका छन् ।
२०७७ जेठ १६ गते शुक्रवार १६:११ बजे प्रकाशित