नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, बिहीबार एकैदिन थपिए १५६
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार नाघेको छ । बिहीबार एकैदिन १सय ५६ मा कोरोनाभाइरसका संक्राित थपिएपछि १ हजार नाघेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।
२०७७ जेठ १५ गते बिहीवार १४:४६ बजे प्रकाशित