"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

फेरि ६२ काेराेना संक्रमित थपिए, रौतहटमा मात्रै ३५, झापामा १७ जना

काठमाडौं । प्रदेश नं. २ का विभिन्न जिल्लामा गरी ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

४५ मध्य ३५ जना रौतहटका रहेका छन् भने बाराका ८ र सिराहाका २ जना रहेका छन् ।

टेकु प्रयोगशाला र हेटौंडामा गरिएका छुट्टाछुट्टै परिक्षणमा ४५ संक्रमित भेटिएका हुन् ।

यसैगरी झापामा थप १७ जना संक्रमित पुष्टी भएको छ । झापाको कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । उनीहरुको विराटनगर प्रयोगशालामा परिक्षण गरिएको थियो ।

आज बुधबारमात्रै थपिने संक्रमितको संख्या ६९ पुगेको छ । मंगलबार नेपालमा सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।

२०७७ जेठ १४ गते बुधवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु