"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ ।

आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।

सोमवार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरि जम्मा ११ जना संक्रमित थिए । मंगलवार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए ।

उनिहरू १२ जनाकै स्वाब प्रदेश अस्पताल सुर्खेतमा जाँच गरिएको र अब रिकन्फर्मको लागि नेपालगन्ज पठाउनुनपर्ने खड्काले बताए ।

२०७७ जेठ १३ गते मंगलवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु