काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ जिल्लामा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
२०७७ जेठ १२ गते सोमवार ११:३७ बजे प्रकाशित